सोमालियामा ६ महिनामा ३ हजार बढी लडाकु मारिए « Khabarhub

सोमालियामा ६ महिनामा ३ हजार बढी लडाकु मारिए


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोगादिसु- बितेका छ महिनामा सोमालियाकाे राष्ट्रिय सेनाले अल–शबाब विरुद्ध देशका विभिन्न  भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ । उक्त मन्त्रालयले साँझ जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सेनाले अन्तर्राष्ट्रिय मानवीय कानून, मानवअधिकार कानून, इस्लामिक कानून र सोमाली परम्परागत युद्ध नियमको पूर्ण पालना गर्दै चरमपन्थीमाथि कारबाही गरेको जनाइएको छ ।

रमजानको पवित्र महिनामा सोमाली जनता चरमपन्थीबाट सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ कारबाहीलाई अझ व्यापक बनाइएको बताइएको छ । आतङ्वादी विरुद्ध अब दोस्रो चरणको आक्रमणको तयारी सेनाले गरिरहेको मन्त्रालयले बताएको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको थियो । चरमपन्थी समूह अल–शबाबले सोमालियाका दक्षिण र मध्य भागमा अवस्थित ग्रामीण भेगमा आफ्नो नियन्त्रण कायम राखेको छ ।

गत साता राष्ट्रिय सेनाका कमान्डर मोहम्मद तहलिल बिहीले आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा ३० जना मारिएका बताएका थिए । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । अल–शबाबले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुई वटा गाडी जलाएको दाबी गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : १३ बजे

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा