‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ | Khabarhub Khabarhub

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ ।  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बिहीबार कार्यक्रम घोषणा हुने जानकारी दिएका हुन् । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पारे । स्वदेशी लगानीमै नेपाल भित्र ३ हजार मेघावाटभन्दा बढि जलविद्युत आयोजना संचालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले सो कार्यक्रमको औपचारिक घोषणा गर्न लागिएको हो ।

कार्यक्रमका लागि आवश्यक कानुनी र संरचना तयार भएकाले कार्यान्वयनका लागि सो कार्यक्रम संचालनमा ल्याउन लागिएको पनि मन्त्री पुनले स्पष्ट पारे ।  ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ ।

सो आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका जनताको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खरव बजेट लाग्ने अनुमान गरिएको छ । मन्त्री पुनले जनताको छरिएर पूँजीले धान्ने गरी सो आयोजना छनौट गरिएको पनि बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : ०१ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम