तीन दिने मुद्रा प्रदर्शनी सुरु « Khabarhub

तीन दिने मुद्रा प्रदर्शनी सुरु


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ ।

राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ । पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गरे । कार्यक्रममा नेपाल राष्ट्र बैङ्क टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, सङ्घका अध्यक्ष दीनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा सङ्कलनको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैङ्कको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रु पाँच, रु १० र रु १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए । मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा सङ्कलन महत्त्वपूर्ण हुने जनाइएको छ ।

प्रदर्शनीमा भारतका मुद्रा सङ्कलकको पनि सहभागिता रहेको छ । गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिए । सङ्घमा हाल तीन सय ५९ सदस्य सक्रिय रहेका छन् । जसले निरन्तर रूपमा मुद्रा सङ्कलन गर्ने गरेको जनाइएको छ ।

प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ । पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ०९ बजे

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको