कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात « Khabarhub

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो ।

यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट नेपालतर्फ भित्रिएका कोरला नाकास्थित लोमान्थाङ(४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा(केरुङ नाका भदौ १० गतेपछि पूर्ण रूपमा बन्द हुनुका साथै सिन्धुपाल्चोकको तातो पानी नाका लामो समयदेखि बन्द छ । ठूलो परिमाणमा चीनियाँ मालवस्तु नेपाल भित्रिने गरेकामा यी दुवै नाका बन्द हुँदा कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात हुन थालेको हो ।

रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछिको करिब दुई महिनाको अवधिमा चीनतर्फबाट फलफूल आयातको परिमाण बढ्दै जान थालेको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिए । दसैँ(तिहार र छठपर्वलाई लक्षित गरी कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात भइरहेको उनको भनाइ छ ।

घर्तीमगरका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसलगायत फलफूल कोरलानाका हुँदै नेपाल भित्रिएको छ । अन्य फलफूलजन्य खाद्य पदार्थमा फर्सीको बीउ, लसुन र फापर नेपाल भित्रिएको उनले जानकारी दिए । करिब दुई महिनाको अवधिमा चाडपर्व लक्षित सबैभन्दा बढी बोक्रा भएको ओखर र स्याउ नेपाल भित्रिएको उनको भनाइ छ ।

यसअघि रसुवागढी नाकाबाट मार्ग परिवर्तन भई कोरला नाकाबाट भित्रिएका फलफूलजन्य पदार्थ ढुवानी गर्न गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानले दुई साता बढी बेनी(जोमसोम सडक अवरुद्ध हुँदा समस्या परेको थियो । नाकाबाट भित्रिएका फलफूलको क्वारेन्टाइन परीक्षण तथा भन्सार जाँचपास भइसक्दासमेत गन्तव्यमा पुग्न सकेको थिएनन् । व्यवसायीद्वारा आयात गरिएको एक कन्टेनर ड्रागन फ्रुट बिग्रन थालेपछि मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ९ : ५३ बजे

‘जलवायु परिवर्तनबाट पीडित मात्रै होइन, नेपालले अब नेतृत्व नै लिनुपर्छ’

काठमाडौं- पछिल्ला केही महिनायता नेपालले एकपछि अर्को विपद्को सामना गरिरहेको

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको