भक्तपुरको हनुमन्ते खोला घर भित्र पस्ला भनेर रातभर सुतेनन् सुमित्राको परिवार « Khabarhub

भक्तपुरको हनुमन्ते खोला घर भित्र पस्ला भनेर रातभर सुतेनन् सुमित्राको परिवार


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका–३ बालकोट हनुमन्ते खोला नजिकै बस्ने सुमित्रा केसीको परिवार रातभर सुत्न सकेन ।

एक तलाको घर डुबाउँला भन्ने त्रासमा निदाउन नसक्दा यो परिवारको छ जनाको रात जागा बसेरै बित्यो । केसीको परिवार मात्रै होइन, हनुमन्ते खोला आसपास क्षेत्रमा रहेका बस्तीका सयौं परिवारको रात त्रास र अनिदोमै बित्यो ।

अबिरल रूपमा ३० घण्टा परेको वर्षाले गर्दा उर्लिएको हनुमन्ते खोलाको बाढी पस्ने डरमा भक्तपुरका जगाती, हनुमानघाँट, बाराहीस्थान, सल्लाघारी, मध्यपुरथिमिको राधेराधे, एसएसचोक, शङ्खधरचोक, चारदोबाटो क्षेत्रका खोला नजिकका बस्ती र सूर्यविनायक नगरपालिकाको कटुञ्जे, बालकोट, सागबारीलगायतका क्षेत्रका बासिन्दाको रात अनिदोमै बितेको छ ।

दिउँसोदेखि नै उर्लिएको हनुमन्ते रात पर्न थालेपछि झन् बढ्दै बस्तीभित्र पस्न थालेपछि गत वर्षजस्तै डुबानमा पर्ने त्रासले अनिदोमै रात बितेको मध्यपुरथिमि राधेराधेका घनश्याम बोहोराले बताए ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर, मध्यपुर र सूर्यविनायकको बस्ती डुबानमा पार्नुको साथै करोडौँको क्षति पुर्‍याएको थियो । यस वर्ष पनि त्यही अवस्था दोहोरिने डरले यहाँका बासिन्दा त्रासमा बसेको बालकोटका सागर प्रजापतिले बताए ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्रमा खोला नाघेर पानी बस्तीमा पस्न नसके पनि हनुमन्ते करिडोर निर्माण रोकिएका क्षेत्रमा भने हनुमन्ते खोलाको बाढीले बितण्डा मच्चाएको छ ।

पहिलो चरणमा सरकारको रु ८१ करोडको लागतमा गत मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर करिडोर निर्माण रोकिएपछि भने यस वर्ष पनि समस्या आएको स्थानीयवासीको भनाइ छ ।

सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले विसं २०२१ को नापीअनुसार खोलाको बहाव व्यवस्थापन गरी त्यहाँको समस्या ‘ल्याण्ड पुलिङ’को माध्यमबाट समाधान गर्ने सम्झौता भएपछि शुरु भएको हनुमन्ते करिडोर निर्माणकार्य ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको छ ।

करिडोर निर्माणका क्रममा मिचिएका सार्वजनिक जग्गा निकाल्ने भएपछि करोडौँको सार्वजनिक जग्गा मिचेर वर्षौँदेखि उपभोग गर्दै आएका भूमाफियाले जग्गा हडप्न केही व्यक्तिलाई परिचालन गरी हनुमन्ते करिडोर निर्माणमा रोक लगाएको आरोप लगाइएको छ । त्यसपछि रोकिएका क्षेत्रका बस्तीमा बाढी पसेको हो ।

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखाना अगाडिबाट रोकिएको करिडोर निर्माणका कारण त्यसभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन् भने लाखौँको क्षति भएको छ ।

सांसद महेश बस्नेतको पहलमा नौ किलोमिटर लामो हनुमन्ते करिडोर निर्माण तीन चरणमा पूरा गर्ने गरी शुरु भएको थियो । सांसद बस्नेतले नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल बनाएर नदीको पानी बस्तीमा पस्नबाट रोक्ने ढङ्गले हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको बतताए ।

उनले भने “यो सानो प्रयासले आएको योजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, विकास रोक्न खोज्नेलाई अब पन्छाएर जानुको विकल्प छैन ।”

केही व्यक्तिको सीमित स्वार्थका लागि करिडोर निर्माण अब रोक्न नहुने बताउँदै उनले करिडोर निर्माण सकिएपछि भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, सवारी चापमुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्ने समेत विभिन्न योजनासहित आएको बताए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ११ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार