सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक  « Khabarhub

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक 


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।

मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११:०० बजे बस्ने भएको छ, मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्’, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि क–कसलाई मन्त्री बनाउने टुंगो गरी नसकेको अवस्थामा कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको थियो। यसअघि बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी र समानुपातिक सिद्धान्तका आधारमा मन्त्री छान्ने मापदण्ड बनाएअनुसार आज सम्भावित मन्त्रीहरुको नामावलीका बारेमा छलफल हुने जनाइएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ०२ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक