नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल « Khabarhub

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न २० अनुसन्धान परियोजनाका अवधारणापत्रमाथि छलफल गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेको दुईदिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणापत्र प्रस्तुत गरी सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिएको हो ।

कार्यशालामा प्रतिष्ठानका अनुसन्धानकर्ताका साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिष्ठानका अनुसन्धाताले प्रस्तुत गरेका अवधारणापत्रमाथि सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधि, प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख र विषयगत विज्ञ अनुसन्धाताले सुझाव दिएका थिए । प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणापत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यशालाको मुख्य उद्देश्य अनुसन्धानलाई नेपाल सरकारका आवश्यकता, सम्बन्धित क्षेत्रका विद्यमान नीति, अभ्यास तथा प्राथमिकतासँग थप सान्दर्भिक बनाउनुका साथै अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिनिर्माण प्रक्रियामा उपयोगी बनाउन सरोकारवालाको पृष्ठपोषण लिनु रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : १७ बजे

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट