सिस्नु खानुका फाइदा | Khabarhub Khabarhub

सिस्नु खानुका फाइदा

सिस्नुको फूल पात, जरा, डाक्ला सबै खान सकिन्छ


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ? हरियो पात भएका काँडे घाँसका रूपमा पनि चिनिने सिस्नु एउटा यस्तो चिज हो जसलाई हात खुट्टा वा कुनै पनि नाङ्गो शरीरले छुँदा छुँदा पोल्ने र लामो समयसम्म झमझमाउने गर्दछ । एउटा बेफाइदा भए पनि यसका धेरै फाइदा छन् ।

यसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । साधरणतया सिस्नुलाई हामीले तरकारीको लागि प्रयोग गर्दछौं । तर सागसब्जीको तुलनामा सिस्नुमा बढी भिटामिन पाइने चिकित्सक बताउँछन् । सिस्नुमा भिटामिन ए, सी, डी, फलाम, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्वहरू पनि पाइने गर्दछन् । यसको सेवनले मुटु र मधुमेह सम्बन्धी हरेक समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

कसरी खाने त ?
हप्ताको एक दिन सिस्नु खानाले पेटमा भएका सबै विकार दिसाको माध्यमबाट बाहिर जान्छन् । जसले गर्दा हाम्रो शरीर स्वस्थ हुन्छ । सिस्नुको फूल पात, जरा, डाक्लालगायत सबै खान सकिन्छ । सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाएर खान सकिन्छ । साथै यसको फूल, पात, मुन्टा सुकाएर राखेर पछिसम्म पनि खान सकिन्छ ।

यस्ता छन् सिस्नुका फाइदा
– उच्च रक्तचाप भएका मानिसले सिस्नु खाँदा निकै लाभ मिल्नका साथै नियन्त्रण हुन्छ ।
– कपाल झर्न बाट रोक्छ ।
– अनुहार चम्किलो बनाउनका साथै छालामा भएका दाग धब्बाहरू हटाउँछ ।
– पिसाबको संक्रमण भएको हटाउन मद्दत गर्छ । साथै पिसाब पोल्ने समस्याबाट छुटकारा समेत दिलाउँछ ।
– यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ ।
– शरीरका हाड जोर्नीमा भएको समस्या समाधान हुन्छ ।
– मिर्गौलाको समस्या, दम डायबिटिज लगायतका समस्याबाट राहत मिल्छ ।
– शरीरमा रगत उत्पादन गर्ने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
– अनियमित महिनावारीमा भएको समस्या हटाउँछ । साथै अन्य स्त्री रोगहरूबाट पनि छुटकारा दिन्छ ।
– आँखा तेजिलो बनाउँछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ३८ बजे

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

दार्चुला– व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको

महाकाली सिँचाइ तेस्रो चरणमा

कञ्चनपुर– राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको

पत्रकारलाई सेनाको तालिम

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष