प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि कारगार चलान भएका तीन जना धरौटी बुझाएर रिहा « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि कारगार चलान भएका तीन जना धरौटी बुझाएर रिहा


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा भएका छन् ।

चैत ७ मा बानेश्वरस्थित थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । मुद्दा खेप्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका थिए ।

सो मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो ।

उनीहरु रिहा हुनु केही घण्टाअअघि मंगलबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोधीको मुख थुन्न नपाइने भन्दै तत्काल उनीहरुलाई रिहा गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको