नेकपा एस उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने | Khabarhub Khabarhub

नेकपा एस उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । उनका अनुसार तीन मन्त्रालयमा दाबी कायमै रहेकाले पार्टीले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।

यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ४१ बजे

जिल्ला अदालत काठमाडौंमा पाँच वर्षमा दोब्बर मुद्दा

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा प्रत्येक वर्ष मुद्दाको चाप बढ्दै गएको छ

वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक

काठमाडौं– प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा