सेयर बजार १०.८७ अंकले ओरालो « Khabarhub

सेयर बजार १०.८७ अंकले ओरालो


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तीन दिन देखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा सेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो  ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेप्से सूचकमा ४९ कम्पनीमा वृद्धि भएको छ । १५७ कम्पनीमा ओरालो लागेको र ९ कम्पनी स्थीर रहेको छ ।

कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । हिमालय डिस्टिलरी दोस्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड १२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

सोमबार १३ उपसूचकमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ ।

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ३ : ४१ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको