सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ, भने मृतकको परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरी राखिरहेको र मुचुल्का गर्न र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ५ : ५८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा