कैलाली बहुमुखी क्याम्पसले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्दै « Khabarhub

कैलाली बहुमुखी क्याम्पसले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्दै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)ले प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम विश्व विद्यालय अन्तरगत रहेको केएमसीमा पहिलो पटक सम्मेलन हुन लागेको बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यहि चैत १८ र १९ गते हुने सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा उप–प्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्नेछन् ।

केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले दिएको जानकारी अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । ‘सम्मेलनमा आफ्नो प्रस्तुति राख्नका लागि देशव्यापी रुपमा ७६ जनाको दावी परेको थियो’, साउँदले भने ।

सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालय बाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् । राष्ट्रिय सम्मेलन क्याम्पसमै हुनेछ ।

विहान ७ बजे देखि वेलुका ५ बजे सम्म हुने सम्मेलनमा एक जनाले १५ मिनेट जति आफ्नो प्रस्तुति राख्ने छन् । कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा सम्मेलन हुन लागेको उप–प्राध्यापक साउँदको भनाई छ । प्राज्ञिक व्यक्तिहरुले समाजमा रहेका संस्कारहरुलाई सम्मेलनमा झल्काउने विश्वास उनको रहेको छ । सम्मेलनमा ४ वटा विदालाई समेटिएका छ । शिक्षा, व्यावस्थापन, विज्ञान र समाजलाई समेटिएको जनाएको छ ।

सम्मेलनले देश विदेशका अनुसन्धानकर्ताहरुले समाजमा लुकेर रहेका कुरालाई वाहिर ल्याउन सहयोग पुग्ने प्राध्यापक डा। राजेन्द्रविर चन्दले विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिममै पहिलो पटक अनुसन्धानमा आधारित सम्मेलन हुन लागेको हँुदा यहाँका नागरिकहरुलाई सहभागि भएर जानकारी लिईदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ६ : ३७ बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको