अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिग्रँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यमा सकारात्मक हस्तक्षेपको नीति अवलम्बन गरिने बताएका छन् ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको १४औँ साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा सङ्कटोन्मुख अर्थतन्त्र सुधारका पक्षमा आवश्यक कदम चाल्न लागको बताए । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, पूँजीगत खर्च गर्न क्षमता वृद्धि गर्ने र उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने पक्षमा सरकार रहेको स्पष्ट गर्दै उनले भने, “मुलुकमा राजनीतिक परिवर्तन भइसकेको विद्यमान अवस्थामा सामाजिक तथा आर्थिक क्षेत्रको रूपान्तरण गरी आमजनताको जीवनस्तर सुधारका लागि आवश्यक नीतिगत व्यवस्थासहित नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार सदैव तयार छ ।”

मन्त्रिमण्डल विस्तार भई सरकारले पूर्णता पाएसँगै अर्थतन्त्र सुधारका पक्षमा गम्भीर र प्रभावकारी कदम चाल्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने गरी रोजगार र निर्यातमुखी नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा तोयनारायण ज्ञवालीले बजेट निर्माणको प्रक्रिया अघि बढिरहेको विद्यमान समयमा अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्नेगरी बुँदागत रूपमा सुझाव उपलब्ध गराउन उद्योगी–व्यावसायीसँग अनुरोध गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बिग्रँदो अवस्थामा रहेका चर्चा गर्दै उद्योगमैत्री नीति तथा कार्यक्रमसहित बैंकको ब्याजदर घटाउन सरकारको ध्यानाकर्षण गराए ।

आयोजक संस्थाका अध्यक्ष नरेशलाल श्रेष्ठले सन् २००६ मा स्थापना भएको नेपाल फेल्ट उत्पादक तथा निर्यात सङ्घ आबद्ध व्यवसायीले गत वर्ष रु छ अर्बको सामान निकासी गरेको जानकारी दिए। सो अवसरमा मुलुकका एक सय ५० भन्दा बढी ऊनीजन्य उद्योगमा करिब २५ हजारले रोजगारी पाएको र न्यूजिल्याण्डबाट ऊनी ल्याई विभिन्न सामान बनाउँदा लागत बढेको उल्लेख गर्दै सम्बद्ध व्यावसायिक सङ्घरसंस्थाका प्रतिनिधिले हिमाली देश नेपालमा भेँडाच्याङ्ग्रा पालनमा जोड दिई स्वदेशमा ऊनी उत्पादन गर्ने वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता विभिन्न व्यावसायिक उद्योग तथा सङ्घ–संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : २७ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर