बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त « Khabarhub

बारा-२ मा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १० वैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा गत मंसिरमा पराजित तीन मधेशवादी नेताबीच भिडन्त हुने भएको छ। यसअघि मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित ३ जना नेता फेरि पाँच महिनापछि उपचुनाव लड्न लागेका हुन्।

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, सर्लाही-२ मा नेपाल समाजवादी पार्टी (नेसपा)का महिन्द्र राय यादवसँग हारेका लोकतान्त्रिक पार्टी (लोसपा)नेता राजेन्द्र महतो र बारा-२ मै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग झिनो मतान्तरले पछि परेका शिवचन्द्र कुशवाहाबीच प्रतिस्पर्धा हुने भएको हो। कुशवाहा माओवादी केन्द्र छोडेर जनमत पार्टीबाट चुनावमा भिड्न लागेका हुन्।

महतोले आफू चुनावको तयारीमा रहेको बताएका छन्। यसैगरी यादवलाई पार्टीले सिफारिस गरेपछि सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने गरी तयारी गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने गरी तयारी गरेको छ भने नेकपा एमालेले उम्मेदवार शनिबार मात्रै टुंगो लगाउने बताएको छ। बारा २ लगायतका उपनिर्वाचन हुन लागेका देशभरका तीन निर्वाचन क्षेत्रमा यही चैत २० गते उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ रिक्त भएको हो। निर्वाचन आयोगले बारा क्षेत्र-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मुकेश उपाध्यायलाई बिहीबार मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : २५ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६