पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या « Khabarhub

पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा. गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सकलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् ।

आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १८ बजे

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको