ठेक्का पाएको दुई वर्षसम्म पनि काम सुरु भएन « Khabarhub

ठेक्का पाएको दुई वर्षसम्म पनि काम सुरु भएन


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर-  महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्रयाक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेको हो ।

महाकाली करिडोरको शून्य बिन्दु (कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी) ट्रयाक खोल्ने कामको ठेक्का लिएको दुई वर्ष हुनलाक्दा पनि ट्रयाक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले ११ किलोमिटर ट्र्याक खोल्ने काम रोकिएकोे निर्माण व्यवसायी देवीदत्त भट्टले बताए ।

दिवा–सनिदेव जेभीसँग विसं २०८० असारसम्म निर्माण सम्पन्न गर्ने गरी पाँच करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

‘रुख कटानको आदेश आउँछ भनेको डेढ वर्ष भइसक्यो,’ उनले भने, ‘डडेल्धुरातर्फको चार किमीमा रुख कटानको आदेश आएपछि ट्रयाक खोलिसक्यौँ तर कञ्चनपुरतर्फको भने रोकिएको छ ।’

निर्माण व्यवसायी भट्टले उपकरणसहित कार्यक्षेत्रमा तयारी अवस्थामा बसे पनि रुख कटानको आदेश नआउँदा काममा ढिलाइ हुनाका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको गुनासो गरे ।

लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्नेछ । ‘ठेक्कको समयावधि आगामी असारसम्म छ,’ उनले भने, ‘रुख कटानको आदेश आउला र काम सुरु गरौँला भनेर बसेका छौँ ।’

निर्माण व्यवसायी भट्टले ब्रह्मदेव क्षेत्रको सेल्फी डाँडासम्म रुख नभएकाले ट्रयाक खोल्न समस्या नभएको बताए, ‘ठेकेदारले काम गरेन भनेर बद्नाम धेरै गर्छन् । तर सरकारी उल्झनले काम गर्ने वातावरण नहुँदा काम गर्न समस्या भइरहेको छ ।’

त्यस्तै महाकाली करिडोर दार्चुला तिङ्कर सडक आयोजनाले रुख कटानको विषय अघि बढिसकेको जनाएको छ । सोही लोकमार्गअन्तर्गत डडेल्धुरा क्षेत्रको एउटा प्याकेजले एक वर्षदेखि रुख कटानको आदेश पर्खिरहेको छ ।

डडेल्धुरामा लोकमार्गको २८ देखि ३८ किमीसम्मको भागमा रुख कटानको आदेश आएपछि काम भइरहेको छ । उक्त ट्र्याक खोल्ने जिम्मा केएस–मित्र जेभी कम्पनीले लिएको थियो ।

रुख कटानको आदेश नआइ काम गर्नसक्ने अवस्था नभएको कम्पनीका प्रतिनिधि डिल्लीराज लेखकले बताए । ‘अठतिस देखि ६५ किमीसम्मको २७ किमी ट्र्याक खोल्ने ठेक्का भएको वर्ष दिन हुँदा पनि रुख कटानको आदेश नआएपछि काम सुरु भएको छैन,’ उनले भने, ‘निर्माणको ठेक्का सम्झौता गर्नुअघि नै काम गर्ने वातावरण सरकारले बनाइदिनुपथ्र्यो ।’

उक्त क्षेत्रमा छ हजार रुख कटान गर्नुपर्ने प्रतिनिधि लेखकले जानकारी दिए । छत्तिस महिनाभित्र सडकको ट्रयाक खोल्ने गरी २३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : ०४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा