अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री « Khabarhub

अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।”

प्रधानमन्त्री दाहालले देश अहिले आर्थिकरूपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै देशमा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारको एक सय दिन पुगेको अनुभव सुनाउँदै भने, “मैले पहिलोपटक क्याबिनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ, जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ, अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ, सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”

विप्रेषणको स्थितिमा गुणात्मक सुधार गर्नुका साथै राजस्व सङ्कलनमा पनि सुधार गर्ने र विदेशी सञ्चिति अझै सुधार गर्ने बताउँदै उनले आफूले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मुलुकका सामु समस्या भए पनि अब सबैले मिलेर समाधान गरिने विश्वास व्यक्त गर्दै भने, “सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ, गत साल नेपालमा श्रीलङ्का बन्छ भन्ने आतङ्क जस्तो थियो, हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौँ ।”

उनले नेपालको पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै देशको परिस्थितिमा सुशासन र न्यायका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ११ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी