पाकिस्तानमा औषधिको चरम अभाव « Khabarhub

पाकिस्तानमा औषधिको चरम अभाव


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा औषधिको चरम अभाव देखिएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुलुकमा आर्थिक संकट गहिरिँदै गर्दा औषधिको अभाव देखिएको हो ।

सरकारले औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न लेटर अफ क्रेडिट (एलसी) खुला नगरेका कारण यस्तो समस्या आएको पाकिस्तान चिकित्सा संघ पीएमएले जनाएको छ । पीएमएले सरकारलाई औषधि अभावको समाधान गर्न तत्काल एलसी खुला गर्न माग गरेको छ ।

यसअघि पाकिस्तानका औषधि उत्पादकले बजारमा कृत्रिम रुपमा मूल्य बढाउनका लागि उत्पादन बन्द गर्ने गरेको बताइएको थियो । यस्तै, पाकिस्तानमा आर्थिक संकट अझै सामान्य हुन नसकेको अवस्थामा बजारमा औषधिको कालोबजारी पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १६ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः