स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान | Khabarhub Khabarhub

स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरूलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो ।

नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौँ तह) उत्तीर्ण गर्न सफल स्काउटहरूलाई एडभान्स स्कार्फ र उड्विड्स वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेशका सल्लाहकारद्धय रामगोपाल कर्माचार्य, भक्त राजभण्डारी, सदस्य अच्युत प्रजापति, आयोजक संस्थाका संयोजक कृष्णसुन्दर प्रजापतिलगायतले सम्मानित स्काउटहरू तथा एडभान्स तालिममा उत्तीर्ण हुन सफल स्काउटहरूले स्काउटको अनुशासनमा रहेर देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २१ बजे

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्