नख्खु सडक कालोपत्रे केही दिनमै सकिने | Khabarhub Khabarhub

नख्खु सडक कालोपत्रे केही दिनमै सकिने


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ । पाँच वर्ष पहिले नख्खु–बुङमती सडक विस्तार सुरु भएकामा अरु खण्डमा सकिए पनि प्रवेशबिन्दुको रुपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो ।

पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अबको केही दिनमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ । लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको चारपाँच दिनमा सकाउने सूचना अधिकारी जोशीले बताए । उनले भने, “उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ ।”

लिमिटेडले अहिले रात दिन खटिएर निरन्तररुपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले सुनाए । पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो । उनले थपे, “मुख्य पाइपको काम भइसकेको छ र चार पाँच दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ ।” भैँसेपाटीबाट बुङमतीको खण्डमा पनि चैतसम्म सकाउनुपर्ने उनको भनाइ छ । सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकमलगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५३ बजे

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्