हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ सार्वजनिक « Khabarhub

हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ सार्वजनिक


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेता तथा गायक हरिवंश आचार्यले गीत बजारमा ल्याएका छन् । गायकभन्दा बढी अभिनेताकै रुपमा रुचाइएका आचार्यले मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् ।

‘बूढो हुन मन छैन’ बोलको गीतमा हरिवंश आचार्यले नै अभिनय गरेका छन् । बुढेशकाल लागेपछि मान्छेको जीवनमा आइपर्ने समस्यालाई शब्दमा उनिएको छ । हरिवंश आचार्यले आफै गीतका शब्द लेखेका छन् भने स्वर पनि उनकै छ ।

लोकशैलीको गीतमा जीवित जलामीको संगीत संयोजन छ । गीतको भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकारको अभिनय रहेको छ भने दीर्घ गुरुङले छायांकन गरेका छन् ।

गीतलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ५९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी