बझाङमा बसको ठक्करबाट बालकको मृत्यु « Khabarhub

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो ।

जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ख १११९ नं बसले ठक्कर दिएको हो । बसको ठक्करबाट सख्त घाइते भएका बोहराको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार बालकलाई ठक्कर दिने बसका चालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ । पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ०० बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको