भुटानका नरेशले भारतको भ्रमण गर्ने « Khabarhub

भुटानका नरेशले भारतको भ्रमण गर्ने


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकले भारतको राजकीय भ्रमण गर्ने भएका छन् । वाङ्चुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन् ।

भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनले भारतको भ्रमण गर्न लागेका हुन् । भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले पनि भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गर्न र आर्थिक र विकास सहयोगसहित घनिष्ठ द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ५५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति