अस्मिता र किरणको ‘सेल्फी मोबाइल’मा सुधिर र प्रिज्मा « Khabarhub

अस्मिता र किरणको ‘सेल्फी मोबाइल’मा सुधिर र प्रिज्मा


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ‘सेल्फी मोबाइल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गीतकार ज्ञानेश्वर तिवारीको शब्द , दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको सार्वजनिक गीतमा टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई निर्देशक माधव शर्माले कलात्मकशैलीमा देखाएका छन् । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ । अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : १५ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने