बारामा उपनिर्वाचनको तयारी : एमालेले पूर्वमन्त्री पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने « Khabarhub

बारामा उपनिर्वाचनको तयारी : एमालेले पूर्वमन्त्री पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी १० वैशाखमा हुने बारा क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन् ।

बारा २ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो । २०७० सालमा बारा क्षेत्र ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेलले त्यसयता चुनाव लडेका छैनन् । उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री समेत रहेका थिए ।

पछिल्लो दुई निर्वाचनमा बारा १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी रहेका पौडेलले टिकट नै पाएनन् । उनी आकांक्षी रहेको क्षेत्रमा अच्युत मैनालीले उम्मेदवार बने । २०७४ सालमा पराजय व्यहोरेका मैनाली यसपटक नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने भएपछि एमालेले हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सार्न लागेको हो । उपराष्ट्रपति रामसहाय यादवले एमालेसँगको तालमेलमा सो क्षेत्रबाट चुनाव जितेका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने निश्चित छ । नेकपा माओवादी केन्द्रका कुशवाहा हालका उपराष्ट्रपति यादवसँग पराजित भएका थिए । उपनिर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्न लागेका हुन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बनेका छन् । काठमाडौं १ बाट पराजित खरेललाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउन लागेको हो । खरेल काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए ।

उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश गर्न हेभिवेट उम्मेदवारहरु बारा २ केन्द्रीत भएपछि चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । बारा २ मा स्वतन्त्र उम्मेदवार समेत देखिनेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : २८ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा