सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने | Khabarhub Khabarhub

सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट खस्ने भएकाले सडक सञ्चालन गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने सडकमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : १६ बजे

कांग्रेस बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेका कारण कार्यव्यवस्था

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने