कञ्चनपुरको दोधारा चाँदनीमा विपन्नका लागि पक्की घर बनाइँदै « Khabarhub

कञ्चनपुरको दोधारा चाँदनीमा विपन्नका लागि पक्की घर बनाइँदै


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ ।

नगरपालिकाले मेयर–उपमेयर आवास कार्यक्रमअन्तर्गत १९ घर निर्माण थालेको नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रभित्र गत वर्ष पनि पूर्वसङ्घीय सांसद डा दीपकप्रकाश भट्ट र सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्वमन्त्री मानबहादुर सुनारको पहलमा समेत विपन्न समुदायका लागि दुईकोठे पक्की घर बनेका थिए ।

‘चालु आवमा नगरबाट १९ र हाम्रो वडाबाट विनियोजित बजेटले तीन घर निर्माणको अन्तिम चरणमा छन्’, वडा नं ६ का वडाध्यक्षसमेत रहेका प्रवक्ता बस्नेतले भने, ‘प्रदेशको जनता आवास कार्यक्रममार्फत पनि यहाँ विपन्न तथा गरिब समुदायलाई घर बनाइएको थियो ।’

यसअघि सङ्घीय सांसद भट्टले यहाँ घर निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ । चालु आवमा यहाँ १९ घर निर्माणका लागि ‘मेयर उपमेयर’ कार्यक्रममार्फत रु ४५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

‘विपन्न समुदायले आवास नहुँदा वर्षात् र हावाहुरीका बेला निकै सास्ती खेप्नुपर्ने अवस्था आउँथ्यो’, उनले भने, ‘गरिब, विपन्न र दलितलगायत निम्न आयस्रोत भएकाको समस्या समाधानका लागि जनप्रतिनिधि सक्रिय छौँ ।’

उनले अझै पनि नगरभित्र विपन्न समुदायमा आवासको माग बढिरहेको जानकारी दिए । दोधारा चाँदनी–६ का वृद्ध जयलाल सुनार झोपडीबाट पक्की घरमा सरेपछि हर्षित छन् । ‘अवस्थाले पक्की घरमा बसौँला भन्ने सोचेको पनि थिएन’, सुनारले भने, ‘घर बनाइदिएकामा नगरपालिकाप्रति आभारी छु ।’

यसै गरी दोधारा चाँदनी–४ का जिया सुनार पक्की घर निर्माण गरिदिने खबरले खुसी छिन् । विपन्न समुदायलाई आवासका साथै आयमूलक काममा लाग्न मद्दत पुग्ने सीपमूलक तालिम पनि बस्तीमा सञ्चालन हुनुपर्नेमा सुनारको जोड थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : २२ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री