कञ्चनपुरको दोधारा चाँदनीमा विपन्नका लागि पक्की घर बनाइँदै « Khabarhub

कञ्चनपुरको दोधारा चाँदनीमा विपन्नका लागि पक्की घर बनाइँदै


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ ।

नगरपालिकाले मेयर–उपमेयर आवास कार्यक्रमअन्तर्गत १९ घर निर्माण थालेको नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रभित्र गत वर्ष पनि पूर्वसङ्घीय सांसद डा दीपकप्रकाश भट्ट र सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्वमन्त्री मानबहादुर सुनारको पहलमा समेत विपन्न समुदायका लागि दुईकोठे पक्की घर बनेका थिए ।

‘चालु आवमा नगरबाट १९ र हाम्रो वडाबाट विनियोजित बजेटले तीन घर निर्माणको अन्तिम चरणमा छन्’, वडा नं ६ का वडाध्यक्षसमेत रहेका प्रवक्ता बस्नेतले भने, ‘प्रदेशको जनता आवास कार्यक्रममार्फत पनि यहाँ विपन्न तथा गरिब समुदायलाई घर बनाइएको थियो ।’

यसअघि सङ्घीय सांसद भट्टले यहाँ घर निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ । चालु आवमा यहाँ १९ घर निर्माणका लागि ‘मेयर उपमेयर’ कार्यक्रममार्फत रु ४५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

‘विपन्न समुदायले आवास नहुँदा वर्षात् र हावाहुरीका बेला निकै सास्ती खेप्नुपर्ने अवस्था आउँथ्यो’, उनले भने, ‘गरिब, विपन्न र दलितलगायत निम्न आयस्रोत भएकाको समस्या समाधानका लागि जनप्रतिनिधि सक्रिय छौँ ।’

उनले अझै पनि नगरभित्र विपन्न समुदायमा आवासको माग बढिरहेको जानकारी दिए । दोधारा चाँदनी–६ का वृद्ध जयलाल सुनार झोपडीबाट पक्की घरमा सरेपछि हर्षित छन् । ‘अवस्थाले पक्की घरमा बसौँला भन्ने सोचेको पनि थिएन’, सुनारले भने, ‘घर बनाइदिएकामा नगरपालिकाप्रति आभारी छु ।’

यसै गरी दोधारा चाँदनी–४ का जिया सुनार पक्की घर निर्माण गरिदिने खबरले खुसी छिन् । विपन्न समुदायलाई आवासका साथै आयमूलक काममा लाग्न मद्दत पुग्ने सीपमूलक तालिम पनि बस्तीमा सञ्चालन हुनुपर्नेमा सुनारको जोड थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : २२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को