१६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा « Khabarhub

१६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरीले करिब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । सशस्त्रले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट सशस्त्र प्रहरी बलको नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

साथै उक्त गणले सोही स्थानबाट करिब ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोबाइल कभर, टेम्पर ग्लास लगायतका सामान पनि नियन्त्रणमा लिएको छ ।

बरामद सामान तथा गाडी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : १५ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय