१६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

१६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरीले करिब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । सशस्त्रले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट सशस्त्र प्रहरी बलको नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

साथै उक्त गणले सोही स्थानबाट करिब ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोबाइल कभर, टेम्पर ग्लास लगायतका सामान पनि नियन्त्रणमा लिएको छ ।

बरामद सामान तथा गाडी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : १५ बजे

सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल

सहमति जुटाउन सभामुख घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ

काठमाडौं– प्रतिनिधिसभा बैठक सुचारूका लागि सहमति जुटाउन सभामुख देवराज घिमिरेले

पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

काठमाडौं– अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको

आमाको नामबाट नागरिकता प्राप्तिमा सहज बनाउँछाैँ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता