कर्णालीको गरिबी अन्त्य सबैको सरोकार बन्नुपर्छ : मुख्यमन्त्री शर्मा | Khabarhub Khabarhub

कर्णालीको गरिबी अन्त्य सबैको सरोकार बन्नुपर्छ : मुख्यमन्त्री शर्मा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी अन्त्य गर्न सबैको गम्भीर सरोकार रहनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा कर्णाली प्रदेश सचिवालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यको भूमिकासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले कर्णालीमा आज पनि गरिबीको रेखामुनि रहेका जनसङ्ख्या अधिक भएकाले गरिबी न्यूनीकरणमा सबैको ध्यान जानुपर्ने बताए।

उनले भने, “गरिबीको रेखामुनि रहेको कर्णालीलाई माथि उठाउनका लागि सबै क्षेत्र अग्रसर हुनुपर्छ । यसमा बहस छलफल भइरहेको छ । कर्णालीलाई विकास र समृद्धितर्फ अगाडि बढाउन हामी जो जहाँ छौँ, त्यहीबाट सुरु गर्ने अभियान थालौँ ।”

उनले समाज परिवर्तनका लागि व्याख्या गर्नेगरे गर्नुभयो । “व्याख्या दुनियाँले गर्छ, मुख्य कुरा बदल्ने नै हो,” उनले भने ।

नीति निर्माण र कार्यान्वयनमा सबैले अपनत्व लिएमात्र अपेक्षित परिणाम आउने बताए मुख्यमन्त्री शर्माले दिगो विकासका सन्दर्भमा आर्थिक सम्पन्नता र सामाजिक न्यायको पाटोलाई उचित तवरले अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य, मन्त्री तथा सचिवको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : २० बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्