न्यूयोर्कमा विद्युत सेवा अवरुद्ध, लाखौं मानिस प्रभावित « Khabarhub

न्यूयोर्कमा विद्युत सेवा अवरुद्ध, लाखौं मानिस प्रभावित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकाको न्यूयोर्क शहरको म्यानहटन क्षेत्रमा विद्युत सेवा प्रभावित हुँदा लाखौं मानिसहरु प्रभावित भएका छन् । म्यानहटनमा ट्रान्सफर्मरमा विष्फोट भएपछि विद्युत सेवा प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ६ बजेर ४७ मिनेटदेखि म्यानहटनका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा वेष्ट ४२ स्ट्रिट र वेष्ट ७२ स्ट्रिटमा सबैभन्दा धेरै असर परेको बताइएको छ । यसबाट ७३ हजारभन्दा धेरै घरमा बिजुली गएको थियो ।

त्यस्तै, सब-वे, सिनेमाघर र सडकबत्तिसमेत यसबाट प्रभावित भएका थिए । यद्यपि मध्यरातबाट अधिकांश स्थानमा विद्युत सेवा सुचारु भएको अधिकारीले जनाएका छन् ।

यसबाट कुनै मानवीय क्षति नभएको अमेरिकी अधिकारीले जनाएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा ट्रान्सफर्मरमा विष्फोट भएको बताइएपनि उक्त विष्फोट हुनुको कारणबारे केही खुलाइएको छैन ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : ५६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक