गुणस्तरीय सेवा प्रवाहमा ध्यान केन्द्रित « Khabarhub

गुणस्तरीय सेवा प्रवाहमा ध्यान केन्द्रित


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– धुलिखेल नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह र नमूना नगर निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्दै गएको छ । नगरपालिकाले पूर्वाधार, आर्थिक समृद्धि तथा पर्यटन विकासलाई मुख्य आधार बनाई काम गरिरहेको नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले बताए।

 सानो क्षेत्रफल, थोरै जनसङ्ख्या, ग्रामीण क्षेत्रको बाहुल्यता र न्यून आय भएपनि सम्बन्धित निकायसँगको समन्वय, सहकार्य र आफ्नो तदारुकताले नगरपालिका समृद्धितर्फ अघि बढेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले बताए। उनका अनुसार धुलिखेलले समयानुकूल ऐननियम, आयोजना, रणनीति र आवश्यक समन्वय आत्मसात् गर्दै आएको छ । 

सडक सञ्जालतर्फ अरनिको राजमार्गको पहुँचले सहज बनाएको छ । यसबाहेक भित्री सडक सञ्जाल व्यवस्थित गराउने सन्दर्भमा पालिकामा अन्य सडकको पहुँच रहेको छ । जसमा कालोपत्र ५१, ग्राभेल ७३, माटे तीन सय २५ र ढलान ६ किमी सडकको पहुँच रहेको छ ।  

खानेपानीका लागि सातवटा डिप बोरिङ र ३५ वटा ट्याङ्कसहितको सरंचनामा ६ हजार तीन सय घरधुरीमा खानेपानी उपलब्ध भएको छ । फोहोर व्यवस्थापन निजी क्षेत्रले सहकार्यमा गर्दै आएको र तीनवटा ‘ट्रिटमेन्ट प्लान्ट’ सञ्चालन गरिरहेको जनाइएको छ ।  

कृषि तथा पशुपालनतर्फ तरकारी, फलफूल, दूध तथा दुग्धजन्य उत्पादनलगायत कुखुराको मासु तथा अण्डा व्यावसायिक रुपमा उत्पादन गरी राजधानीको बजारमा पहुँच विस्तारको प्रबन्ध मिलाइको छ । नगरपालिकाको वडा नं १० मा  औद्योगिकग्राम स्थापनार्थ सम्झौता भइसकेको छ । 

नगरलाई सन् २०३० सम्ममा जिरो कार्बन सिटीका रुपमा विकास गर्न डिभिजन वन कार्यालय कृषि ज्ञान केन्द्र, कृषि शाखा, ब्रिटिस काउन्सिल लगायतको सहकार्यमा एक लाख बिरुवा वृक्षरोपण गर्ने उद्देश्यबमोजिम गत वर्ष २० हजार बिरुवा रोपिएको छ । यसलाई २०७५ सालमा नै साक्षर नगरपालिका घोषणा गरिएको हो । जसमा १५ वर्षमाथिको साक्षरता करिब ९८ प्रतिशत रहेको पालिकाले जनाएको छ । 

पालिकामा गरिबी न्यूनीकरण गर्न लघुउद्यम विकास, प्रधानमन्त्री स्वरोजगार, विभिन्न कृषि तथा क्षमता विकास कार्यक्रम  सफलतापूर्वक सम्पन्न गरी रोजगारी वृद्धि र नागरिक सशक्तीकरण गरिएको छ । 

नगरभित्रको गरिबीलाई करिब पाँच प्रतिशतमा सीमित  गरिएको  छ । दिगो विकासका लक्ष्य प्राप्तिमा नगर निरन्तर लागिरहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : ४७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै