कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुन्छु : मन्त्री भुसाल | Khabarhub Khabarhub

कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुन्छु : मन्त्री भुसाल


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।

“मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ”, उनले भने, “आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको छ, केही आउने क्रममा छ । यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ ।”

उनले आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले आफूले सांसदसँग सुझाव मागेको बताए । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै उनले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“लामो समयदेखि समयमै मल आपूर्ति नहुने समस्या समाधान कसरी गर्न सकिएला ? ठूलो प्रश्न खडा भएको छ”, उनले भने, “मल अभावमा कृषियोग्य जमिन अहिले बाँझो छ, त्यसलाई पुनःखेतीयोग्य जमिनमा परिणत गर्नुपर्छ ।” उनले कृषिजन्य उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको बताए ।

मन्त्री भुसालले कृषिलाई उत्पादनमा आधारित उद्योगको निर्माण कसरी गर्ने, कृषिलाई कसरी आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरण गर्ने भन्ने विषय ज्वलन्त उठेको बताए । उनले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदको सुझाव आफूले चाहेको र प्राप्त सुझावका आधारमा मात्रै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ३३ बजे

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं – चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल

आजका समाचार : राष्ट्रसङ्घबाट फर्किए प्रधानमन्त्री, बाढी-पहिरोबाट २०९ जनाको मृत्यु र राजमार्ग खुल्ने अनिश्चित

राष्ट्रसंघ महासभामा भाग लिएर आइपुगे प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा

प्रभावित क्षेत्रबाट सात सय १३ जनाको हवाई उद्धार

काठमाडौं– नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय

दुर्गा प्रसाईँविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला