‘प्रसाद २’ को रिलिज रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश | Khabarhub Khabarhub

‘प्रसाद २’ को रिलिज रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अल्पकालीन आदेश दिएको छ ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले अनुमतिबिना रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए ।

उनको रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । पाण्डेले ‘प्रसाद २’ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व पनि नदिएको दाबी गरेका छन् ।

पाण्डेका अनुसार निर्माता थापाले उनको ६२ लाख ५० हजारसहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रुपैंयाँ अझैसम्म दिएका छैनन् ।

सोमबार चलचित्र विकास बोर्डमा भएको सरोकारवालाको बैठकमा फिल्म रिलिजका लागि सहमति दिने निर्णय गरे पनि बैठकमा रहेका पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ५ : ५४ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६