नेविसङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति | Khabarhub Khabarhub

नेविसङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दश दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।

नेविसङ्घको केन्द्रीय महाधिवेशन चाँडो हुनुपर्ने मागसहित एक हप्तादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसङ्घ बृहत् सङ्घर्ष समितिको नाममा अनसन भइरहेको थियो ।

महाधिवेशन गर्ने, तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेसँगै उक्त अनशन स्थगित भएको सचिव केसीले बताए ।

उक्त सहमतिअनुसार जिल्लामा देखिएको नेविसङ्घको विवाद पार्टीको नेतृत्व र पदाधिकारीका बीचमा छलफल गरी समाधान गर्ने सहमतिसमेत भएको छ ।

उक्त सहमतिमा नेविसङ्घका अध्यक्ष शेर्पा, नेविसङ्घ बृहत् सङ्घर्ष समितिका उज्ज्वल बज्राचार्य र कांग्रेस केन्द्रीय कार्यालयका सचिव केसीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ५५ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६