गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त  | Khabarhub Khabarhub

गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

खोटाङ – चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई १९ चैतको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

‘राई इज किङ’का रूपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रूपमा नगर सद्भावना दूत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दूतको रूपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश–विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’

नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञा समुह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ । नगरपालिकामा देशका वरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ३८ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति