रोनाल्डो चम्किदा अल नासारको सानदार जीत  « Khabarhub

रोनाल्डो चम्किदा अल नासारको सानदार जीत 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो ।  ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४–० को फराकिलो अग्रता लियो । इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५–० फराकिलो अन्तरको जीत दिलाए ।

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा  छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ०५ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र