समयमा किस्ता नतिरेपछि एनआईसी बैंकले ऋणीको घरमै राख्यो सुरक्षा गार्ड « Khabarhub

समयमा किस्ता नतिरेपछि एनआईसी बैंकले ऋणीको घरमै राख्यो सुरक्षा गार्ड


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो । 

दमक नगरपालिका वडा नम्बर- ५ का दुर्गा प्रसाद कँडेलले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ ।  बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो। बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो । 

 गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो। ३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन्। पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले गुनासो गरिन् । 

त्यसैगरी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको छ । उनले बैंकबाट लिएको ऋणको सावाँ-व्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ ।

 सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : १६ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४