समयमा किस्ता नतिरेपछि एनआईसी बैंकले ऋणीको घरमै राख्यो सुरक्षा गार्ड « Khabarhub

समयमा किस्ता नतिरेपछि एनआईसी बैंकले ऋणीको घरमै राख्यो सुरक्षा गार्ड


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो । 

दमक नगरपालिका वडा नम्बर- ५ का दुर्गा प्रसाद कँडेलले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ ।  बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो। बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो । 

 गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो। ३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन्। पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले गुनासो गरिन् । 

त्यसैगरी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको छ । उनले बैंकबाट लिएको ऋणको सावाँ-व्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ ।

 सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : १६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम