उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न किताबखानाको निर्देशन « Khabarhub

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न किताबखानाको निर्देशन


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। कर्मचारीको सरुवा, बढुवा पुरस्कार र पदस्थापन विज्ञताका आधारमामात्रै गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो। 

धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा.टोकराज पाण्डेले बताए। ‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो,’ महानिर्देशक पाण्डेले भने। 

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ। धेरै ठाउमा सरुवा भइसकेका कर्मचारीको पिन पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गिरएको  किताबखानको भनाइ छ।  

विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेल मार्फत वा स्वय कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गइ विवरण आवधिक गर्न सकिने किताबखानाले जनाएको छ। हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिव ७ हजार कर्मचारीहरू कार्यरत रहेका छन्। 

यसअघि किताबखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ। संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्त्वपूर्ण कामका रुपमा हेरिएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ४२ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर