मुस्ताङमा नौ जना स्वास्थ्यकर्मी सम्मानित « Khabarhub

मुस्ताङमा नौ जना स्वास्थ्यकर्मी सम्मानित


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङकाे जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ । घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरूलाई सम्मान गरिएको हो ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, डा तेजे कुमार, डा कृष्ण भरखेर, डा शिशिर पौडेल, डा कुन्दन कर्ण, स्टाफ नर्स कल्पना बस्याल, अहेव कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार छन् ।

गत भदौ १ मा जिल्ला स्वास्थ्य कार्यालयमा पहिलो पटक शल्यक्रियाको शुभारम्भ भएपछि चिकित्सकहरूले एक गर्भवतीको सफल शल्यक्रिया गरेका थिए । मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रकी सञ्चालक सुकुनदेवी रसाईलीले उक्त शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइन् ।

‘यहाँका चिकित्सकले यहाँ पहिलो पटक सफल शल्यक्रिया गरेकोमा हामी निकै खुसी छौँ’, उनले भनिन्, ‘चिकित्सकहरूले जिल्लाको इज्जत राख्नुभएकाले सम्मान गरिएको हो ।’

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले अस्पतालमा शल्यक्रियाको काम सुरुआत भएको बताउँदै आगामी दिनमा व्यवस्थित अस्पताल भवन निर्माण सँगसँगै थप सेवा र सुविधायुक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मुस्ताङका पाँचवटै गाउँपालिकाको समन्वयमा जिल्ला अस्पतालको स्तरोन्नतिका लागि केही पहल गरेको उल्लेख गर्दै उनले बजेट अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताए।

कार्यक्रममा मुस्ताङ जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीले यस सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको बताए । जनताको अवस्थालाई मध्यनजर गर्दै जटिलभन्दा जटिल समस्यासँग पनि जुध्न पनि आफूलाई उत्प्रेरण  प्राप्त भएको उनको भनाइ छ ।

हाल दुर्गम क्षेत्रमा जटिल समस्या आइपरेमा हेलिकोप्टरमार्फत सेवा दिने व्यवस्था भए पनि ती सेवा जनतासम्म पुग्न नसकेको भन्दै उनले गुनासो गरे ।

जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङले स्वास्थ्य क्षेत्र अत्यन्तै जटिल भएको बताइन्। उनले स्वास्थ्य क्षेत्र अझ व्यवस्थित बनाएर लैजान हरेक तह र तप्कासँग आफूहरुले सहकार्य गरिरहेको बताइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : २७ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले