रामेछापमा बाेलेरो दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु | Khabarhub Khabarhub

रामेछापमा बाेलेरो दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बाेलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । 

मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बाेलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ६ : ५२ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र