सरकारको न्यनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी  « Khabarhub

सरकारको न्यनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी 


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्यनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् । 

बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्यनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता श्रेष्ठले सरकारको न्यनतम साझा कार्यक्रमलाई ‘क्वाँटी’ दस्तावेजको रुपमा रहेको टिप्पणी गरेका हुन् । 

‘न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागबन्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’ दस्तावेज हो,’ उनले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रममार्फत् जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन । अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको छ ।’ 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : ५३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम