सुनको मूल्य २०० ले घट्यो, चाँदीको बढ्यो « Khabarhub

सुनको मूल्य २०० ले घट्यो, चाँदीको बढ्यो


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बिहीबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । 

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ३४ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको