बार्सिलोनाबाट सबै लिग जित्ने लक्ष्य छ– ग्रिज्म्यान « Khabarhub

बार्सिलोनाबाट सबै लिग जित्ने लक्ष्य छ– ग्रिज्म्यान


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व विजेता फ्रान्सका स्टाइकर एन्टोनी ग्रिज्म्यानले बार्सिलोनाबाट खेल्ने सबै प्रतियोगिता जीत्ने लक्ष्य रहेको बताएका छन् ।

शुक्रबारमात्रै बार्सिलोनासँग जोडिएका ग्रिज्म्यानले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै क्लबबाट खेल्ने सबै जसो लिग प्रतियोगिता जित्ने लक्ष्य रहेको बताएका हुन् ।

उनले बार्सिलोनामा रहँदा ला—लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा क्लबलाई उपाधि जिताउन चाहेको बताएका छन् । ‘क्लबसँग आवद्ध हुन पाएकोमा अत्यन्तै खुसी, उत्साहित टिमसँग खेल्न आँतुर छु,’ ग्रिज्म्यानले भने, ‘यहाँ मेरा लागि नयाँ चुनौती छ । नयाँ लक्ष्य छ । आशा छ मेरो लक्ष्य र चुनौती पूरा गर्ने अवसर पनि पाउनेछु । लक्ष्य भनेको सबै लिग उपाधि जित्नु हो । जसमा कोपा डेल रे, ला लिगा र च्याम्पियन्स लिग हो ।’

ग्रिज्म्यानले आफ्ना साथी उसमान डेम्बेल र स्यामुअल उमटिटिसँग कुरा गरेको समेत बताएका छन् । उनले लियोनल मेस्सीको साइडबाट खेल्दा पनि छुट्टै आनन्द आउने बताएका छन् ।

आइतबारमात्रै क्लबमा आधिकारिक रुपमा प्रस्तुत भएका उनका लागि १ सय २० मिलियन युरोमा एट्लेटिको मड्रिडबाट बार्सिलोनाले भित्र्याएको हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : ३८ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा