सरकारले विज्ञापनसम्बन्धी नीति बनाउँछ : मन्त्री रिजाल « Khabarhub

सरकारले विज्ञापनसम्बन्धी नीति बनाउँछ : मन्त्री रिजाल


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले  विज्ञापनसम्बन्धी नीति बनाएर नै सहयोग गर्ने बताएका छन् ।

राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानूनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।”

उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए । गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिए ।

“हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्ययाउन प्रयासरत छौँ ।” उनले भने ।

प्रारम्भिक साधारणसभाले दुईवर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ३ : ५७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम