लमजुङमा मौरीपालन क्षमता अभिवृद्धि तालिम सुरू « Khabarhub

लमजुङमा मौरीपालन क्षमता अभिवृद्धि तालिम सुरू


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईको आयोजनामा मौरीपालसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।

सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जाेन कमान्ड क्षेत्रका मौरीपालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत व्यक्तिहरूको सहभागिता छ ।

मौरी जाेन कमान्ड क्षेत्रभित्र पर्ने बेँसीसहर, सुन्दरबजार, मध्यनेपाल, दाेर्दी, दुधपाेखरी र क्व्हाेँलासाेंथर गाउँपालिकाका गरी ३० जना सहभागी छन् ।

सहभागीलाई कार्यालय प्रमुख अजय अधिकारी, पूर्वकार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, जाेन सञ्चालक समितिका संयोजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङ, मौरी उद्यमी मीनबहादुर गुरूङ, परियाेजनाका नायव प्राविधिक सहायक बुद्धिलाल आलेले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीलाई प्रयोगात्मक सिकाईसहित मौरी पालनमा आवश्यक सामाग्री पनि वितरण गरिने कृषि अधिकृत हरि मिजारले बताए ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङले मौरी पालनलाई व्यावसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न किसानहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ३८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते