नाम भन्दा दर्शकले काम हेर्नुपर्छ | Khabarhub Khabarhub

नाम भन्दा दर्शकले काम हेर्नुपर्छ

'गीत र संगीतको महत्त्वपूर्ण काम अभ्यास'


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपाली गीत संगति र फिल्ममा गायन र नायकको रुपमा परिचित नाम हो आशिष सचिन। धेरैलाई गायकको नाम याद नभए पनि उनका गीत भने धेरैलाई कण्ठ हुन्छ। उनका गीत धेरैले मन पराएका छन्। उनै गायक तथा नायक सचिनसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंलाई गायक भन्ने कि नायक ?
कलाकारलाई यो भगवानले दिएको कला हो। मलाई दुबै काम गर्न मन पर्दछ। म गायक भएको कारणले गायक सचिन भनेको मनपर्छ। म अहिलेसम्म नायक भइसकेको छैन।

ठिटो झापाको गीतको तयारी कस्तो चल्दै छ ?
यो राम्रो भएको छ। विस्तारै दर्शक सामु पुग्छ होला।

अहिलेसम्म अगाडिको संघर्ष कस्तो भयो ?
संघर्ष हरेक कुरामा विद्यामा हुन्छ र हुनुपर्छ। दर्शको माया पाउनु भनेको एकदमै गाह्र्राे कुरा हो। सानैदेखि म अडिएन्ससँग रम्न चाहने मान्छे हुँ। यो बीचमा धेरै संघर्ष भयो।

पहिलो गीत गाउँदाको यात्रा ?
मेरो पहिलो गीत २०१७ मा रिलिज भएको हो। पहिलो गीत ‘हरपल’ भन्ने हो। त्यो गीत गाउँदा धेरै डर लागेको थियो। त्यो ठिक्कै भयो। दोस्रो गीत ‘दारी फुल्यो बैंसैमा’ आएपछि मेरो मनमा छोयो र अगाडि बढौँ भनेर लागेको हो। त्यो गीतबाट नसोचेको सफलता मिल्यो। पछिल्लो समय भने नयाँ तरीकाले सबै पक्ष समेटेर गीत निकाल्ने प्रयासमा लागेका छौं।

को बाट प्रेरणा पाएर गायक बन्नुभयो ?
होस्टेलबाट स्कुल पढे र पछि पनि घरबाट टाढा बसेँ। आफूलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान थियो। विस्तारै जागिर खाएँ र विस्तारै नृत्य सिकाउँदै गए। विस्तारैविस्तारै साथीभाइले पनि अब गीत गाउँनुपर्छ भनेर हौसला दिएपछि गीत गाएँ। सफलता पाएपछि यो पेसालाई नै अंगाल्न थालेको हुँ। मेरो नाम भन्दा पनि दर्शकले काम हेर्नुहोस् जस्तो लाग्छ।

फरक लुक्स हुनुको कारण के होला ?
काम गर्दै जाँदा अझै केही काम गरौँ भन्ने लाग्छ। नयाँ गरौँ भनेर यस्तो लुक्स बनाएको हुँ। कथाले के मागेको छ त भनेर नयाँ लुक्समा काम गर्न मन लागेको हो।

टिकटक वा अन्य सामाजिक सञ्जालमा गीतको क्लिप राखेर गीत चल्ने हो ?
जमाना त्यसको छ। समय अनुसार चल्दै जाने हो। अहिलेको डिजिटलको जमानाको माग नै एपहरु हुन्। एउटा गीत निकाल्न सर्जकले धेरै मेहनत गरेको हुन्छ। योगदानको हिसाबमा सोचेर गीत बनाउने सर्जकलाई धेरै समय लाग्छ। अहिलेको ट्रेन्ड भनेको टिकटक हो। दर्शक सामु पुग्ने माध्यम टिकटक भएको छ। यो राम्रो हो।

व्यावसायिक रूपमा यो कत्तिको सहज छ ?
अहिले ठिक छ। पुरानो सर्जकको कुरा सुन्दा मैले के दुःख गरेँ र भनेजस्तो हुन्छ। अहिले धेरै डिजिटल टेक्नोलोजी आएका छन्। कन्सर्ट महोत्सव हुने हुँदा राम्रो भएको मान्छु। अहिले मेहनत गर्न सक्यो भने संगीताका लागि बजार छ।

तपाईं गीत आफै लेख्नु हुन्छ ?
प्रयास गरेको छु तर बजारमा आएको छैन। मैले लेखेको गीत हिमाल सागर दाइले गाउँदै हुनुहुन्छ। साङ्गीतिक क्षेत्रको मेरो छहारी उहाँ हो। सल्लाह सुझाव धेरै दिनु हुन्छ।

केही समयमा आउने र छिट्टै हराउने गीतले यो क्षेत्रलाई कत्तिको असर गर्दछ ?
कोही कोही भाइरल हुने र केही समयमै हराउने कलाकार पनि देखिएका छन्। हाम्रा पुराना गीतहरू अहिले पनि सुनिन्छ। त्यसले गर्दा अहिलेका गीत व्यावसायिक हुनुपर्छ। अहिले चर्चा र भाइरलको पछाडि हिँड्दा कालान्तरमा गीत सुन्न लायक हुँदैनन्। गीत र संगीतलाई दीर्घकालीन रूपमा पछिसम्म आफू मरेर गए पनि सधैँ रहोस् भन्ने ढंगले अगाडि बढाउनुपर्छ भन्ने लाग्छ।

नेपाली समाज भन्दा बाहिरको प्रक्रिया कस्तो छ ?
बाहिरी देशमा कन्सर्ट हुँदा मानिसहरु भाषा नबुझे पनि रमाइलो गरेर हाम्रो मादलको धुन मुरलीको धुन एकदमै रुचाउनु हुन्छ। प्रतिक्रिया धेरै राम्रो पाएका छौँ। राम्रो प्रणालीगत रूपमा लाग्ने हो भने एकदमै राम्रो छ। राज्यले कलाकारिता क्षेत्रलाई संरक्षण गरेको छ। केही सामान्य घटनाबाहेक नेपालको संगीत क्षेत्र पनि राम्रो छ।

आगामी दिनमा यो क्षेत्रमा लाग्नेलाई के भन्नु हुन्छ ?
गीत र संगीत क्षेत्रको महत्त्वपूर्ण काम भनेको अभ्यास गर्नु नै हो। जहाँ जाँदा पनि गुनगुनाउनुपर्छ। मेहनत अन्य क्षेत्रमा भन्दा बढी नै गर्नुपर्छ।

अहिलेसम्म गाएका गीतमध्ये सबै भन्दा प्यारो कुन हो ?
सबै राम्रो लाग्छ।दर्शकको माया पनि धेरै पाएँ। त्यसमा पनि धेरै माया लाग्ने भनेको ‘सानो सानो कुरामा’ र ‘ए मुना’ भन्ने गीत हुन् । जुन गीत म रातिको समयमा पनि सुन्छु। साथीलाई पनि त्यो सुन्न अनुरोध गर्छु। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : २५ बजे

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

बैंकक– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

काठमाडौं– मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो, जसले रगत

वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा