भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा « Khabarhub

भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार लडाकु विमानमा उडान भरेकी छिन् । उनले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो विमानमा उडान भर्नुअघि राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ दिइएको थियो । राष्ट्रपति मुर्मू अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छिन् ।

शुक्रबार राष्ट्रपति मुर्मू राज्यको राजधानी गुवाहाटीमा उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएकी छिन् । सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेकी थिइन् ।

सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरिन् ।

असमका मुख्यमन्त्री हिमन्त विश्वा सरमा र राज्यका गभर्नर गुलाबचन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : ०९ बजे

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६