युक्रेनी उपविदेशमन्त्रीले भारतको भ्रमणमा गर्ने « Khabarhub

युक्रेनी उपविदेशमन्त्रीले भारतको भ्रमणमा गर्ने


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनकी प्रथम उपविदेशमन्त्री एमिने झापरोभाले आइतबार भारतको भ्रमण गर्ने भएकी छिन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन् ।

भारत तेलका साथै सैन्य उपकरणका लागि रुससँग निर्भर रहँदै आएको छ । पछिल्लो समय भारत रुसमाथिको निर्भरताबाट उम्कन सकेको छैन । पश्चिमा मुलुकहरूबाट एक्लिएको रुससँगको सम्बन्धमा सन्तुलन मिलाउनु भारतका निम्ति चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ ।

रुससँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले भारतलाई जटिल कूटनीतक स्थितिमा पुर्‍याएको बताइन्छ । भारतले युक्रेन र रुसबीच जारी द्वन्द्व अन्त्य हुनुपर्ने बताएपनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन ।

नयाँ दिल्लीमा रहँदा उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा विचार आदान प्रदान गर्ने भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनसँगको भारतको मैत्रीपूर्ण सम्बन्ध तथा साझा चासोका विषयमा बहुपक्षीय एवम् द्विपक्षीय मञ्चहरूमा सहकार्य हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा उपविदेशमन्त्रीको यो भ्रमण आपसी समझदारी र चासोका मामिलामा छलफल गर्न महत्वपूर्ण अवसर हुने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदी वा सरकारका मन्त्रीहरूलाई भेट्नेबारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

गत वर्ष भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘यो युद्धको समय’ नभएको बताएका थिए । रुसको लामो समयदेखिको सहयोगी मानिने भारतले आगामी जुलाईमा आयोजना गर्ने साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ६ : ३४ बजे

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित