युक्रेनी उपविदेशमन्त्रीले भारतको भ्रमणमा गर्ने « Khabarhub

युक्रेनी उपविदेशमन्त्रीले भारतको भ्रमणमा गर्ने


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनकी प्रथम उपविदेशमन्त्री एमिने झापरोभाले आइतबार भारतको भ्रमण गर्ने भएकी छिन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन् ।

भारत तेलका साथै सैन्य उपकरणका लागि रुससँग निर्भर रहँदै आएको छ । पछिल्लो समय भारत रुसमाथिको निर्भरताबाट उम्कन सकेको छैन । पश्चिमा मुलुकहरूबाट एक्लिएको रुससँगको सम्बन्धमा सन्तुलन मिलाउनु भारतका निम्ति चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ ।

रुससँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले भारतलाई जटिल कूटनीतक स्थितिमा पुर्‍याएको बताइन्छ । भारतले युक्रेन र रुसबीच जारी द्वन्द्व अन्त्य हुनुपर्ने बताएपनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन ।

नयाँ दिल्लीमा रहँदा उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा विचार आदान प्रदान गर्ने भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनसँगको भारतको मैत्रीपूर्ण सम्बन्ध तथा साझा चासोका विषयमा बहुपक्षीय एवम् द्विपक्षीय मञ्चहरूमा सहकार्य हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा उपविदेशमन्त्रीको यो भ्रमण आपसी समझदारी र चासोका मामिलामा छलफल गर्न महत्वपूर्ण अवसर हुने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदी वा सरकारका मन्त्रीहरूलाई भेट्नेबारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

गत वर्ष भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘यो युद्धको समय’ नभएको बताएका थिए । रुसको लामो समयदेखिको सहयोगी मानिने भारतले आगामी जुलाईमा आयोजना गर्ने साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ६ : ३४ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग