सत्य र निष्ठापूर्वक काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी « Khabarhub

सत्य र निष्ठापूर्वक काम गरिरहेको प्रधानमन्त्री ओलीको दाबी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उनले सत्यसँग नडराउने नीति आफूले लिएको पनि दोहोर्‍याए । उनले सत्य र निष्ठापूर्वक अघि बढन युवाहरुलाई पनि आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिवद्धता पनि दोहोर्‍याए । प्रधानमन्त्री ओलीले भोलिको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह गरेका थिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले युवाहरुलाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको पनि स्मरण गराए । आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नु परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको समते बताए ।

प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेतर्फ पनि युवाहरुलाई सचेत गराएका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३२ बजे

कारबाहीमा परे पीआर लिएका दुई अधिकृत, सरकारी सेवामा अयोग्य हुने गरि निकालिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय

जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?

काठमाडौं – बाल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय